जनकपुर ।
मधेश प्रदेश स्थित एक पालिकाको नगर उपप्रमुखले आफुलाइ आफ्नो अधिकार प्रयोग गर्न नदिएको अभिव्यक्ति जाहेर गरेकि छिन । धनुषाको सवैला नगरपालिकाको नगर उपप्रमुख रहिमा खातुनले यस्तो अभिब्यक्ति दिएकि हुन ।
उपप्रमुख खातुनले ५९ औं बालदिवसको अवसरमा आयोजित एक कार्यक्रममा महिला भएकै कारण महिलाको सम्पुर्ण अधिकार कितावको पानामा मात्रसिमित राखिएको तथा आफ्नो अधिकार प्रयोग गर्न नदिएको जनाइएको छ ।
कार्यक्रमको प्रमुख अतिथि गरिरहेकि उपप्रमुख खातुनले उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै आफ्नो अधिकार प्रयोग गर्न नदिएको बताएकि छिन ।

“बालबालिकामा लगानि : सुनिश्चित भविष्यको थालनि ” मुल नारासहित धनुषाको सवैला नगरपालिका १३ ढोलबाजा किरतपुर स्थित रहेको श्री आधारभुत बिधालयले ५९ औं राष्ट्रीय बाल दिवस भदौ २९ गते मनाएको हो ।
बालबालिकाको हकमा आधारभूत आवश्यकताको रुपमा रहेको शिक्षाको सवालमा बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाले सुगम देखि दुर्गम सम्ममा पनिआफ्नो अभियान पुर्याउन सफल रहेको समय बिधालयमा अनिवार्य रुपमा छात्रा एवं छात्रा सौचालय संगै अपांग मैत्री सौचालयको आवाज उठिरहेको समय उक्तबिधालयले त्यहि कार्यक्रमबिच तिनै बर्गका सौचालयको समेत हस्तान्तर गरिएका हुन ।
तिनै थरिका सौचालय निर्माणमा आसमान नेपाल र सवैला नगरपालिकाको सहकार्य तथा प्लान इन्टरनेशनल नामक संस्थाले उक्त बिधालयमा चौध लाखएकाइस हजार सात सय पैंतिस रुपैयाको सहयोग गरेका हुन ।
बालदिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा पालिका भरिका बिभिन्न बिधालयहरुका शिक्षक , बिधार्थि , अतिथि तथा प्रमुख अतिथिहरुले बालअधिकार बारे आफ्नो बिचार राखेका थिए ।
बिधालयका प्र अ पवन कुमार महतोले बिधार्थिको प्रगति बिबरण बुझ्न वा शैक्षणिक अवस्था जानकारी लिन कमसेकम एक पटक महिनामा आउन आग्रह गर्नुभयो संगै ति अवस्था बारे बिधालय बाहिर पनि बिधालय ब्यबस्थापन समिति वा प्र अ समेतलाइ बुझ्न सकिने बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सवैला नगरपालिकाको नगर उप प्रमुख रहिमा खातुन , जनप्रतिनिधि , बिधार्थि , अभिभावक लगायत शिक्षक को उपस्थितिरहेको थियो भने धनिक लालको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।