जनकपुर : सिरहा नगरपालिका–१२ स्थित श्री सारस्वरनाथ मा वि बिद्यालयका शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन्।
प्रधानाध्यापक जयचन्द्र यादवले कक्षा ९ मा अध्ययनरत १५ वर्षीय समीर राईनलाई मंगलबार स्टाप कोठामा थुनेर मनसिक यातनासहित कुटपिट गरेका हुन्। शिक्षकले पहिलाको घटना लिएर मलाई कुटपिट गरे राईनले बताए।
उनका अनुसार हाम्रो बिधालयको बजार छ त्यो बजारलाई आफ्नो मनले ठिक्का लगाउदा हाम्रो बुवा र स्थानीयले प्रधानाध्यापकलाई भनेको निहुमा स्टाप कोठामा थुनेर कुटपिट गरेको बताए ।

उनका अनुसार प्रधानाध्यापक जयचन्द्र यादव, लेखा जितेन्द्र यादव र कार्यालय सहयोगी जय नारायणले छडीले खुट्टा, ढाँड र गालामा थुप्रै पटक कुटपिट गरेका छन्। सिरहाको पा्रदेशिक अस्पतालमा उपचार भईरहेको बुवाले बताए ।
अभिभावकको अनुसार कानुनी कारबाही अघि बढाई सकेको छु। छोरालाई शिक्षकले कुटेको दृश्य हेर्न नसकेको उनको बुवाले बताए।
विद्यालयका प्रधानाध्यापकलाई फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
संवैधानिक कानुन के भन्छ !
७५ हजार जरिवाना, तीन वर्षसम्म कैद
कानुनअनुसार बालबालिकामाथि दुर्व्यवहार गर्ने व्यक्तिलाई जरिवानादेखि जेलसम्मको सजायको व्यवस्था गरिएको छ । बालबालिका ऐन २०७५ को दफा ६६ को (घ) र (ङ) मा घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने, शारीरिक चोटपटक पुर्याउनेलाई बालबालिकाविरुद्धको हिंसा मानिने उल्लेख गरिएको छ ।
उक्त ऐनको दफा ७२ मा उक्त कार्य गरेमा सजायको व्यवस्था गरिएको छ । जसमा शरीरमा चोटपटक पुर्याएमा ७५ हजार जरिवानादेखि तीन वर्षसम्म कैद हुने व्यवस्था छ । सार्वजनिक तस्वीरमा बालकको शरीरभरि निलडाम छ ।

अस्पतालका रिपोर्ट !


