जनकपुर ।
धनुषाको सबैला नगरपालिका २ स्थितमा रहेको श्री रामप्रसाद माध्यमिक बिधालयका शिक्षाक असेश्वर यादव र सरोज साहले १० कक्षामा पढ्ने एक बालकलाई मरणासन्न हुने गरी कुटपिट गरेकाे आराेप लागेकाे छ । यो घटना मंगलबारको हो ।

शिक्षाक असेश्वर यादव धर्मप्रति समेत भेदभाव गरेको पीडित विद्यार्थीले बताइएकाे छ ।
सार्वजनिक तस्वीरमा बालककाे शरीरभरी निलडाम छन् । उनीमाथि शिक्षाक असेश्वर यादव र सरोज साहले लठ्ठी र हातले निर्घात कुटपिट गरेकाे आराेप छ ।

'बालकमाथि निर्घात कुटपिट भएकाे फोटोमा देखिन्छ ।

घटना यसरी भयो !
कक्षा कोठाको छोउमै सौचालय रहेको छ त्यो सौचालय गन्धिक हो सरसफाइको लागि भनेपछि शिक्षाक असेश्वर यादव र सरोज साहले विद्यार्थीलाई भने तिमीलाई गन्ध आउछ भन्ने चौरमा गएर बस यति भनेपछि एउटा विद्यार्थी चौरमा बस्न जादा लागेको विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेकाे आराेप छ ।

संवैधानिक कानुन के भन्छन !
७५ हजार जरिवाना, तीन वर्षसम्म कैद
कानुनअनुसार बालबालिकामाथि दुर्व्यवहार गर्ने व्यक्तिलाई जरिवानादेखि जेलसम्मको सजायको व्यवस्था गरिएको छ । बालबालिका ऐन २०७५ को दफा ६६ को (घ) र (ङ) मा घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने, शारीरिक चोटपटक पुर्याउनेलाई बालबालिकाविरुद्धको हिंसा मानिने उल्लेख गरिएको छ ।
उक्त ऐनको दफा ७२ मा उक्त कार्य गरेमा सजायको व्यवस्था गरिएको छ । जसमा शरीरमा चोटपटक पुर्याएमा ७५ हजार जरिवानादेखि तीन वर्षसम्म कैद हुने व्यवस्था छ । सार्वजनिक तस्वीरमा बालकको शरीरभरि निलडाम छ । उनीमाथि शिक्षाक यादव र साहले लठ्ठीले निर्घात कुटपिट गरेको आरोप छ ।

