जनकपुरधाम । सयौँ बचतकर्ताको रुपैयाँ लिएर भागेका एक सहकारी सँस्थाका सँचालक पक्राउ परेका छन् । उनलाई बचतकर्ताहरुले अर्धनाँगो बनाएर कुटपिट समेत गरेका छन् ।
धनुषाको सबैला नगरपालिका वडा नम्बर नं. ७ मा रहेको श्रमजीवि वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष पक्राउ परेका छन् ।
श्रमजीवि वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राम बाबु यादबलाई प्रहरीले विहिबार दिउँसो पक्राउ गरेको हो । अन्दाजी वर्ष ४२ नवटोली बस्ने सबैला नगरपालिका ७ का यादवलाई जनकपुरधाम वडा नं. ९ बाट प्रहरीले पक्राउ गरेका छन् ।
श्रमजीवि वचतका अध्यक्ष यादबले धनुषाको सबैला खरीहानी, ठिल्ला लगायतका गाउका बस्ने ७५० जनाले दैनिक खातामा जम्मा गर्ने खाताबाट बिगत १ वर्ष देखि ५०–६० लाख सम्म रकम लिई फरार भएको थियो ।
यादबलाई पक्राउ गर्नका लागि सबैला, खरीहानी, ठिल्ला गाउबाट ३०० देखि ४०० जना महिला, पुरुषहरु मिलाएर आउँदै गर्दा जनकपुरधाम वडा नं. ९ नजिकबाट एक जनाको घरमा बसेको देखेका बेलामा सो गाउँका महिलाहरुले समातेर प्रहरीको जिम्मा लगाएका छन् ।
