ad
जनकपुर :
मधेश प्रदेशसभा सचिवालयको आह्वानमा सोमबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बस्ने भएको छ ।
नवनिर्वाचित प्रदेशसभा सदस्यको सपथ ग्रहणलगायतका काममा सर्वदलीय सहमतिका लागि सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको प्रदेशसभा सचिवालायले जनाएको छ ।
मधेश प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० दलको सहभागितामा सर्वदलीय बैठक बस्न लागेको जानकारी दिए।
'दलहरुसँगको समन्वयमा बैठक बस्दैछ', सचिव यादवले भने, 'त्यसपछि हामी सपथ ग्रहण र प्रदेशसभा बैठकको तयारीमा जुट्छौँ ।'
नेपालको संविधानको धारा १७९ अनुसार प्रदेसभाका सदस्यले प्रदेशसभा बैठकमा पहिलो पटक भाग लिनुअघि कानुन बमोजिम सपथ लिनुपर्नेछ ।
त्यसैगरी संविधानको धारा १८३(१) बमोजिम प्रदेश प्रमुखले प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले बीस दिनभित्र अर्थात् यही पुस २१ गतेभित्र प्रदेशसभाको अधिवेशन आहवान गरिसक्नुपर्ने छ ।
निर्वाचन आयोगले यही पुस २ गते अन्तिम परिणाम घोषणा गरेकाले पुस २१ गतेभित्र अधिवेशन बोलाइसक्नु पर्ने र त्यसअघि नै नवनिर्वाचित प्रदेशसभा सदस्यले शपथ लिइसक्नुपर्ने हुँदा त्यहीअनुसार सचिवालय तयारी अवस्थामा रहेको सचिव यादवले बताए।
Ad
Ad