किसमत सिंह
मधेश२४, सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा रहेको फूलकुमारी महतो मेमोरियल अस्पतालले आफ्नो स्थापनाको ११ औं वर्ष मनाएको छ ।
अस्पतालका संस्थापक अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. वीरेन्द्र प्रसाद महतो र मधेश प्रदेशको सामाजिक बिकास मन्त्रि सुरीता कुमारी साहको प्रमुख आतिथीयमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशको सामाजिक बिकास मन्त्रि सुरीता कुमारी साहले आफ्नो मन्त्रालय अन्तर्गत पर्ने सबै सहयोग यस अस्पताल लाइ गर्ने प्रतिबद्ता जनाएको छ । यस अस्पतालको कार्य सराहनीय रहेको र गरिब बिपन्न लाइ निसुल्क उपचार समेत गरेको सुन्दा खुसि समेत लागेको उनले बताएका छन् । तेस्तै स्वाथ्य बिमा कार्यक्रम पनि पुन : अब छिटै संचालनमा आउने मन्त्रि साहले बताएका छन् ।
तेस्तै प्रतिनिधि सफा सदस्य डा. वीरेन्द्र प्रसाद महतोले आफ्नो मन्तव्य राख्दै अस्पतालको कर्मचारीहरुलाई सम्मान गरेका थिए । साथै, सो अवसरमा महतोले अस्पतालले छोटो समयमा सबैको मन जितेको भन्दै आगामी दिनमा अझै प्रभावकारी सेवा प्रवाह गर्न अस्पताल प्रशासनलाई आग्रह गरेका छन् । र अस्पतालको सम्पूर्ण खर्च विवरण प्रतेक ३ महिनामा अस्पताल बाहिर टास्न र वेबसाइटमा राख्न पनि निर्देशन दिएको हो ।
कार्यक्रममा कर्जन्हा नगरपालिका का नगर प्रमुख भोला पोखरेलले नगरपालिकामा यस अस्पतालको भूमिका धेरै ठुलो रहेको बताएका छन् । साथै अगाडी पनि यस अस्पतालमा गुणस्तरीय सेवा दिने र छिटै स्वास्थ्य बिमा खुलाउने काम पनि गरिने बताउदै र अब छिटै कर्जन्हा नपामा कृषि बिद्यालय संचालन गर्ने छलफल भैरहेको जानकारी समेत दिएका छन् ।
कार्यक्रममा मदेश प्रदेशक पुर्व पर्यटन मन्त्रि सुरेश मण्डल , पुर्व जिल्ला समनवय समेतीका अध्यक्ष रामचन्द्र ठाकुर, कर्जन्हा नपाको सबै वडा अध्यक्ष ,स्थानीय राजनीतिकर्मी , प्रहरी , स्थानीय बुद्धिजीवी , युवा र स्थानीय वासीको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा अस्पतालको तर्फबाट प्रियंका काफ्लेले स्वागत मन्तव्य राखेकी थिईन् । साथै, डा. श्याम साह , शिव शंकर साह ,डा. गंगाप्रसाद मण्डलले अस्पताल र यसले पुर्याएको योगदानको बारेमा प्रकाश पारेका थिए । सोहि कार्यक्रममा २ जना अपाङ्गलाई माछापुछ्रे कर्जन्हा शाखाले वेल चियर प्रदान गरेका छन् ।
फूलकुमारी अस्पतालबाट सिरहा, धनुषा र उदयपुरका जनता लाभान्वित भएका छन् । यो अस्पताल प्रतिष्ठित व्यवसायी डा. उपेन्द्र महतो र उनका भाईहरु डा. वीरेन्द्र महतो र डा. सुरेन्द्र महतोले आमाको नाममा खोलेका हुन् ।