जनकपुर । आज भईरहेको उपनिर्वाचनको क्रममा बारामा जसपाका एक नेता नक्कली मतपत्रसहित पक्राउ परेका छन् ।
उपचुनावमा मतदान जारी रहेको बेला एक जनासँग दुई वटा मतपत्र फेला परेपछि मतदानस्थल तनावग्रस्त बनेको हो । बाराको देवताल गाउँपालिका वडा नं. ७ स्थित वडा कार्यालय पिपरवती जब्दीमा रहेको मतदान केन्द्रमा एक जनासँग दुई वटा मत्रपत्र फेला परेको हो ।
मतदानस्थलमा दुई वटा मतपत्र बोकेको व्यक्ति जनता समाजवादी पार्टीका रामसागर यादव भएको प्रहरीले जनायो ।
जिल्ला समन्वय समितिका सदस्यसमेत रहेका यादव अहिले प्रहरीको नियन्त्रणमा छन् । यादवसँग दुई वटा मतपत्र फेला परेसँगै यो मतदान केन्द्र अहिले तनावग्रस्त बनेको छ ।