जनकपुर । बारा जिल्लाका प्रहरी प्रमुख होबिन्द्र बोगटी भयरहित वातावरणमा बारा २ मा मतदान सुरु भएको बताएका छन् ।
बारालाई संवेदनशील मानिएकोले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीन हजार सुरक्षाकर्मी उपनिर्वाचनमा अटिएको बताए ।
मतदातालाई भयरहित वातावरणमा मतदानको व्यवस्था मिलाइएकोले मतदानमा सहभागी हुन उनले मतदातालाई आग्रह पनि गरे । ६५ ओटा मतदान स्थललाई सम्बेदनशील मानिएर ६५ जनासम्म सुरक्षाकर्मी अटाइएको उनले बताए ।
विभिन्न समूहले बुथ कब्जा गर्ने तयारी गरेको हल्लालाई निराधार भन्दै उनले कसैलाई प्रभावमा पार्ने अवस्था आउन नदिनेमा नेपाल प्रहरी दृढ रहेको बताए ।