जनकपुर ।
महोत्तरीको लोहारपट्टी नगरपालिकामा एक युवक रमजान मनाउन ज्याला गरेको पैसा मागेपछि ठेकेदारद्वारा निधार कुटपिट गरेको छ ।
लोहारपट्टी नगरपालिका वडा नं. ६ चौकस्थित शिव आश्रममा मोबारक नदाफलाई बोलाएर पैसा दिनुको सट्टा चोरीको अरोप लगाएर निधार कुटपिट गरे जाहेरीमा उल्लेख गरिएको छ ।
रमजान पर्व मनाउन काम गरेको पैसा धैरै पटक माग्दा पनि ठेकेदार नदिएको रिसमा युवक नदाफले काम गर्ने औजार लिएर आफ्नो घर आएपछि ठेकेदारले मेरो समान लिएर आउनु म पैसा दिन्छु भनेर लोहारपट्टीको चौकस्थित शिव आश्रममा नदाफलाई बोलाएर पैसा दिनुको सट्टा चोरीको अरोप लगाएर निधार कुटपिट गरेको छ ।
यो घटना २३ गते विहान ८ः०० बजेको हो।
ठेकेदारले नदाफलाई निधार कुटपिट गरेपछि आफैं समातेर लोहारपट्टी चौकमा ल्याई अनुहारमा कालो-मोसो दली हाथ बाँधी कपाल मुण्डन गरी गाउँभरी अमानविय व्यवहार गरि अपमान गरेको छ ।
स्थानीयको अनुसार यस्तो घटना अमानविय व्यवहार हो यस्तो ठेकेदारलाई जेल हुनुको मांग गरेको छ ।
ठेकेदार अहिले जलेश्वर प्रहरीको हिरासतमा रहेको छ ।