.
जनकपुरधाम ।
महोत्तरीको जलेश्वर कारागारका एक कैदीबन्दी फरार भएका छन् ।
फरार हुनेमा महोत्तरीको लोहारपट्टी नगरपालिका ९ का कृष्ण यादव छन् । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनी फरार भएको महोत्तरीका प्रहरी प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिए ।
विरामी परेपछि उनलाई जनकपुरधामको डा. मनोज गुप्ताको क्लिनिकमा उपचार गराउन शुक्रबार दिउँसो ल्याएको थियो । त्यहाँबाट उनी फरार भएका छन् ।
प्रहरीले उनको खोजी सुरु गरेका छन् । तर अहिलेसम्म प्रहरीले कुनै सुराक पाउन सकेका छैन ।
.
.