जनकपुर ।
उपचारका क्रममा एक बालकको अस्पतालमा मृत्यु भएपछि स्थानीयले डाक्टरको लापारवाहीले मृत्यु भएको भन्दै चन्द्रपुर अस्पताल प्रालीमा तोडफोड गरेकाछन् ।
आज बिहान साडे पाँच बजेको समयमा चन्द्रपुर ७ घर भएका १० बर्षका दिपेश माझीलाई ज्वरो आएर उपचारका लागि अस्पतालमा ल्याएको आधाघण्टाम ज्यान गएपछि स्थानीय आक्रोसित भएका थिए ।
आक्रोसित भिडले अस्पतालमा ढुंगा प्रहार गर्दा अस्पतालको सिसा फुटेको छ ।
अस्पतालका डाक्टर सुवास चौधरीले भने डाक्टरको लापारवाहीका कारण नभएर बालकमा पहिलानै ईफेक्सन भएका कारण मृत्यु भएको बताए । अहिले चन्द्रपुर अस्पताल क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
ad
Ad
Ad
Ad
Ad
Ad