.
जनकपुरधाम ।
रौतहटको गौर नगरपालिका १ स्थित साहिबा ब्यूटीपार्लर संचालन गरेर यौनधन्दा चलाएको रहस्य बाहिरिएको छ ।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले उक्त ब्यूटीपार्लरमा छापा मारेपछि यौनधन्दाको रहस्य बाहिरिएको हो ।
प्रहरीले यौनधन्दामा संलग्न दुई महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको छ ।
ब्यूटीपार्लर कसले संचालन गरेको कुरा खुल्न सकेको छैन । उक्त ब्यूटीपार्लरमा जुवा समेत खेलाउने काम भइरहेको थियो । प्रहरीले तास पनि बरामद गरेको छ ।
अगाडी यूवतीको आकर्षक फोटो राखिएको ब्यूटीपार्लरको ब्यानर राखिएको थियो । तर कोठाभित्र ब्यूटीपार्लरको काम भइरहेको देखिएको छैन् । प्रहरीका अनुसार कोठामा यौनधन्दाका लागि बेड लगाएको थियो ।
.
.
.
.