.
जनकपुर ।
जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले उपनिर्वाचनमा उपेन्द्र यादव सहजै निर्वाचित हुने बताएका छन्।
उपनिर्वाचनबारे बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त कुरा बताएका छन्।
‘उपेन्द्र यादवले संघीयता र समानुपातिक समावेशिताको मुद्दालाई स्थापित गराए । यिनले मुलुकको परिवर्तनका खातिर जेलजीवन व्यतित गरेका छन्। राजनीतिक मुद्दा खेपेका छन्। यिनी जनताको खातिर आफूलाई समर्पित गरेका एक अथक योद्धा हुन्,’ बस्नेतले भने।
उनी परिवर्तन, जनताको सुख, समृद्धि र मुलुकको हितका लागि चिन्तन गरिरहने एक राजनीतिक चिन्तक हुन् । मधेस र पहाडलाई भावनात्मक रूपमा जोड्ने काममा उनको महत्वपूर्ण योगदान रहेको उनले बताए।
बस्नेतले नेपालको राजनीतिलाई उपेन्द्र यादव चाहिने र उपनिर्वाचनमा यादवको सहजै जित हुने दाबी गरे।
.