ad
जनकपुर ।
विश्व स्वास्थ्य संगठनले भारतले उत्पादन गरेका चार ब्रान्डका कफ सिरप औषधि सेवन नगर्न सुझाएको छ ।
सो औषधिका कारण गाम्बियामा ६६ जना बालबालिकाको मृत्यु भएको आशंका गरिएको छ । विश्व स्वास्थ्य संगठनले कफ सिरप औषधिले स्वास्थ्यमा गम्भीर खालको असर पुर्याई बालबालिकाको मृत्यु भएको हुनसक्ने औंल्याएको हो ।
भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले बालबालिकालाई खुवाउने रुघाखोकीको सो औषधि सेवनपछि ती बालबालिकाको मृत्यु भएको हुन सक्ने जनाएको छ ।
डब्लुएचओले प्रयोग नगर्न भनेको औषधिमा कोफ्याक्समेलिन बेबी सिरप (Kofexmalin Baby Cough Syrup), प्रोम्याथेजिन ओरल सलुसन (Promethazine Oral Solution), मेकअफ बेबी कफ सिरफ (Makoff Baby Cough Syrup) र मेगरिप एन कोल्ड सिरप (Magrip N Cold Syrup) छन् ।
६६ जना कलिला बालबालिकाको मृत्यु उनीहरुका परिवारको लागि हृदय विदारक रहेको डब्लूएचओका प्रमुख डा. टेड्रोस गेब्रेसियसले बताएका छन् ।
यसैबीच औषधि व्यवस्था विभागले ती चार खालका औषधि नेपालमा दर्ता भएका छैनन् भने विक्री वितरण पनि भएको पाइएको छैन ।
Ad
Ad
Ad