.
जनकपुर ।
धनुषामा ट्रकले मोटसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरस्थित औरही पुलमा ट्रकले ठक्कर दिँदा मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा मिथिला नगरपालिका–३ हरिहरपुरका मोटरसाइकल चालक अन्दाजी २२ वर्षीय युवराज महतो रहेको प्रहरीले जनाएको छ ।
बुधबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ०१–०२–००१ ख ८७७३ नम्बरको ट्रकले प्रदेश २–०२–००२ प ८३०४ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
दुर्घटनापश्चात अहिले पूर्वपश्चिम राजमार्ग पूर्ण रुपले अवरुद्ध भएको छ । दुर्घटनामा घाईते भएका मोटरसाईकल चालकलाई ट्रकले पछाडी गरेर मारेको भन्दै आक्रोशित स्थानीयहरुले अवरुद्ध पारेका हुन् ।
घटनाको मुचुल्का गरेर शव उठाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।