पत्रकार यादवका अनुसार कमला नगरपालिका–८ मा इँटा बिछ्याएर अधुरो छाडिएको सडकबारे समाचार लेखेका थिए। सोही समाचार सार्वजनिक भएपछि वडा कार्यालयमै पत्रकार यादवलाई वडाअध्यक्ष तृपित भुडेर यादवले दुर्व्यवहार गर्दै हातपात गरेका हुन्।
घटनाको भिडियो मोबाइलमा रेकर्ड भएको खुलेको छ, जसमा पत्रकारमाथि कुटपिट गरिएको दृश्य देखिन्छ। भिडियो सार्वजनिक भएपछि स्थानीय र पत्रकारले घटनाप्रति आक्रोश प्रकट गरेका छन्।
पीडित पत्रकारले घटनाबारे पत्रकार महासंघलाई जानकारी गराइसकेका छन्। दोषीलाई तत्काल नियन्त्रणमा लिन र कानुनी कारबाही अघि बढाउन माग गरिएको छ। यसैबीच स्थानीयले पनि विकास निर्माणबारे उठाइएका प्रश्नलाई स्वीकार गर्नुभन्दा पत्रकारमाथि आक्रमण गर्नु गैरकानुनी कार्य भएको भन्दै दोषीमाथि कारबाही गर्न आग्रह गरेका छन्।
समाचारको लिंक
https://madhesh24.com/2025/08/21/19797/
