जनकपुरधाम ।
धनुषाको सबैला नगरपालिका ३ स्थित एक निजी विद्यालयमा अध्ययनरत नाबालिग छात्रामाथि बलात्कारको आरोप लागेपछि शिक्षक फरार भएका थिए । आरोपी शिक्षक सिरहाबाट पक्राउ परेको छ ।
इलाका प्रहरी कार्यालय सबैलाका इन्सपेक्टर रामकृष्ण देवकोटाले फरार शिक्षकलाई सिरहाको बन्दिपुरबाट पक्राउ गरेको पत्रकार आयुब हुसेनलाई बताए ।
सनराइज बोर्डिङ स्कुलको कक्षा २ मा अध्ययनरत ११ वर्षीया छात्रालाई शौचालयमा थुनेर शिक्षक जितेन्द्र यादवले जबर्जस्ती गरेको बताइएको छ ।
विद्यार्थीका अनुसार विद्यालयको शौचालयबाट शिक्षक र छात्रा एकसाथ निस्केको उनीहरूले देखेपछि शिक्षक भागेका थिए ।
छात्राले आफूलाई शिक्षक यादवले शौचालयमा थुनेर जबर्जस्ती गरेको बताएकी छन् ।
प्रहरीले छात्रालाई प्रादेशिक अस्पताल जनकपुरधाम लगेर स्वास्थ्य परीक्षण गराएको छ ।
सबैला प्रहरीले शिक्षक यादवलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।