जनकपुर -
बर्दिवास जलेश्वर सडक अण्ड अन्तरगत औरही नगरपालिकामा बिहिवार साझ भएको मोटरसाईलक दुर्घटनामा परि एक जना किशोर गम्भिर घाईते भएका छन् ।
औरही नगरपालिका १ को औरही बजार भन्दा दक्षिणमा रहेको पेट्रोल पम्प अगाडि भएको दुर्घटनामा परि औरही नगरपालिका वडा नं. २ औरही निवासी १८ बर्षीय समीर मिया साफी गम्भिर घाईते भएको र सोही मोटरसाईकलमा पछाडि सवार भएका अन्दाजी वर्ष १५ सुमित यादव को दाहिने खुट्टामा चोट लागेको अवस्था सामान्य रहेको यादवको उपचार राधाकृष्ण पोलि किलिनिकमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
गम्भीर घाइते भएको समीर मिया साफीको हाल जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
उनको दाहिने खुट्टा भाँच्चिएको र टाउको समेत चोट रहेको छ । औरहीबाट रामगोपालपुर तर्फ जाँदै गरेको ज ४ प ७६१४ नंबरको र बिपरित दिसा तर्फबाट आउदै गरेको ज १२ प ७६१४ नं. मोटरसाईक एक आपसमा ठक्कर खादा दुर्घटना भएका हुन ।
ठक्कर दिने मोटरसाईकल चालक औरही नगरपालिका ९ बस्ने सन्दिप चौधरी रहेका छन् । ठक्कर र ठक्कर खाने दुबै मोटरसाईक र ठक्कर दिने मोटरसाईकल चालक चौधरी प्रहरीको नियन्त्रणमा रहेको छ।
ad
Ad
Ad
Ad
Ad
Ad