लेखक : आयुब हुसेन (BBS 3 YEAR)
मोडेल बहुमुखी क्याम्पस जनकपुरले एक दिने शैक्षिक भ्रमण लैजाने खबरले मेरो मन त्यसै फुरुङ्ग थियो । म आफू पनि सोही क्याम्पसमा अध्ययनरत भएको हुँदा समय तालिका अनुसार मंसिर २३ गते हिड्नु पर्ने थियो । त्यस दिन बिहानै मेरो निद्रा खुल्यो । उत्साह र उमङ्गका फुलहरु आफ्नो मन र मष्तिस्कमा फुलाउँदै तयार भएर म क्याम्पस पुगें । क्याम्पस पुग्दा सबै साथीहरुको उपस्थितिले म झनै उत्साहित हुँदै थिएँ ।
करिब बिहान ६ बजे हामी विद्यार्थी लगायत केही शिक्षकको टोली भ्रमणका लागि अगाडि बढ्यो । गाडीमा रमाईलो गर्दै जाँदा हामी कतिबेला बागमती खोला (भरत तालको) किनारमा पुगेछौं थाहै भएन । ताललाई देख्दा यस्तो लाग्यो कि, म कुनै समुद्रको किनारमा छु । केहीबेर त्यही समय बिताई ११:३० बजे हामीले हाम्रो यात्रालाई निरन्तरता दियौं ।
अन्ताक्षरी खेल्दै, गीत गाउँदै, रमाईलो गर्दै हामी पर्सा राष्ट्रिय निकुञ्ज पुग्यौं । निकुञ्ज पुग्दा १२:३० बजेको थियो । निकुञ्जको सुन्दरता, आकर्षकले हामी सबैको मन लोभ्याएको थियो । केहीबेर घुमी निकुञ्जको सुन्दरतालाई नियालेर हामी हतार हतार खाना खान लाग्यौं ।
१:२० बजे हामी खाना खाएर हेटौंडालाई लक्ष्य मानेर त्यसतर्फ प्रस्थान ग¥यौं । पुरै १ घन्टा गाडीमा काटेर हामी हाम्रो भ्रमणको गन्तव्य स्थल सहिद स्मारक पुग्यौं । गाडिबाट ओर्लिएर हात, मुख धोएपछि सहिद स्मारकका अवलोकन गर्न थाल्यौं । त्यहाँको सफा र स्वच्छ वातावरण देखेर मलाई एकदमै आनन्द लाग्यो । हामी सबै जना मिलेर रमाईलो गर्दै घुम्दा घुम्दै ४:३० बजेको पत्तो नै भएन ।
बेलुका ५ बजे फेरि हामी जनकपुरधाम तर्फ लाग्यौं ।
फर्किंदा बाटामा यात्राका रमाईला क्षण सम्झँदै, देखिएका सुन्दर दृश्यहरुका विषयमा गाडीभार साथीहरुसँग गफ गर्दा गर्दै हामी बर्दिबास प्रवेश ग¥यौं । बर्दिबास आइपुग्दा रात भइसकेको थियो । खना खाएर फेरि जनकपुरधाम तर्फ लाग्यौं । घरमा आएर मैले सबैलाई यात्रा विवरण सुनाएँ । यो मेरा लागि विर्षनै नसकिने शैक्षिक भ्रमण थियो ।

