.
जनकपुर -
छोराको बिहेमा दाइजो लिएको निहुमा पक्राउ परेका नेहा चौधरीका ससुरालाई पनि पुर्पक्षको लागी जेल चलान गरिएको छ।
जिल्ला अदालत महोत्तरीको आदेशले आइतवार पक्राउ परेका नेहाको ससुरा महोत्तरीको रामगोपालपुर नगरपालिका ५ बस्ने ६० वर्षीय रामप्रवेश चौधरीलाई आज पुर्पक्षका लागि जेल पठाएको छ।
यस अघि दाइजो मागेकै कसुरमा नेहाका पति पंकज चौधरी पक्राउ परेर महोत्तरी जिल्ला अदालतको आदेशमा पूर्पक्षका लागि कारागारमा छन् भने बेञ्च नं. ४ का न्यायधिस बाबुराम सुवेदीको इजलासले ससुरा रामप्रवेशलाई पनि पुर्पक्षका लागि जेल पठाउने आदेश गरिएको हो ।
फरार रहेका पंकजका पीतालाई पनि लुकिछिपी बसिरहेको अवस्थामा मनरासिसवा नगरपालिका २ कट्टी गाउँ स्थित दशगजा क्षेत्रबाट पक्राउ गरको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
तीनवर्षको प्रेम पश्चात २५ फागुन २०७८ मा नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार जनकपुरधामको राजदरबार होटेलेमा विवाह सम्पन्न भएको थियो । विवाहको चारमहिनापछि दुबै बीच दरार उत्पन्न भएको थियो ।
नेहाले दाइजोमा पंकजले काठमाडौंमा घर किनि दिन भन्दै आफूलाई यातना दिइरहेको आरोप लगाउँदै आएकी छन् ।
पंकजले भने आफूमाथि लगाएको आरोप निधार रहेको दावी गर्दै आएका छन् । उनले आफू विवाह गर्न नमान्दा पनि विवाह गर्न बाध्य पारेको बताउने गरेका छन्।
नेहाले श्रीमान पंकज र परिवारका सदस्यविरूद्ध बकसपत्र बदर, जालसाजी, घरेलु हिंसा, दाइजो, मानाचामल र अंश मुद्दा दायर गरेकी छन् भने पंकजले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन् ।
.
