.
जनकपुर ।
काभ्रेको भकुन्डेबेँसीमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।
.
बनेपाबाट खार्पाचोक जाँदै गरेको बा. २ ख ७३४२ नम्बरको बसले पैदलयात्री ८ वर्षीया बालिकालाई ठक्कर दिएको थियो । बालिकाको मृत्युपछि स्थानीयले बसमा आगजनी गरेका छन् ।
.
घटनाबारे अनुसन्धान भइरहेको काभ्रे प्रहरी प्रमुख चक्रराज जोशीले जानकारी दिए ।
‘स्थानीयले बसमा आगजनी गरेका छन् । अन्य बुझ्ने काम भइरहेको छ’, एसपी जोशीले भने ।
.
.
.
.
