ad
जनकपुर ।
धनुषा ४ मा कांग्रेस सहमहामन्त्री महेन्द्र यादव र एमाले सचिव रघुवीर महासेठबीच कडा टक्कर देखिएको छ ।
आइतबार साँझबाट यादवको अग्रता तोड्दै लिड गरिरहेका महासेठ अहिले साढे ५ सय मतले पछाडि परेका छन् ।
ताजा अपडेटअनुसार महेन्द्र यादवको २६५१० मत छ । रघुवीरको २५९६३ मत रहेको छ । दुईजनाबीचको मतान्तर ५४७ छ ।
अहिले मिथिला नगरपालिकाको गणना भइरहेको छ । वडा नम्बर २ नक्टाझिजको गणनाबाट यादव अगाडि आएका छन् । अझै ७ वटा वार्डको करिब १२ हजार मत गन्न बाँकी छ ।
Ad
Ad
Ad
Ad
Ad
Ad