.
जनकपुर ।
सप्तरीमा नेपाल आयल निगमको डिजेल बोकेको ट्यांकर पार्किङ गरेकै अवस्थामा चोरी भएको छ ।
को १ ख ३६५५ नम्बरको ट्यांकर माघ ११ गते साँझ कन्चनरुप- ८ बिकी पम्पमा पार्किङ गरेर राखेको अवस्थामा हराएको थियो ।
मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज डिपोबाट २० हजार लिटर डिजेल लिएर निगमको १ नम्बर प्रदेश कार्यालय विराटनगर जाने क्रममा साँझ ट्यांकर पार्किङ गरेर चालक बास बस्न हिँडेका थिए ।
माघ १५ गते बिहान सप्तरीकै शम्भुनाथ नगरपालिका- २ खैरबनामा बेवारिसे अवस्थामा उक्त ट्यांकर भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्यांकरको चारवटा च्याम्बरमा रहेको १६ हजार लिटर डिजेल चोरी भएको छ ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये एकजना कन्चनरुप- ९ का २९ वर्षीय नवराज भुजेल रहेका छन् ।
भुजेलले चोरेको डिजेल खरिद गरेको आरोपमा सप्तरीको खडक नगरपालिका- ७ घर भई भण्डार आयल स्टोरका सञ्चालक ३५ वर्षीय श्यामकुमार शाहलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको ।
.
.
.