जनकपुर ।
कञ्चनपुरमा तीन जना भारतीय हतियारधारी लुटेरा प्रहरी र स्थानीयको सक्रियतामा पक्राउ परेका छन् ।
जिल्लाको बेलौरी नगरपालिका- १ वैशाखी गाउँबाट भारतीय लुटेरालाई प्रहरीले पक्राउ गरेको हो ।
मध्यरातमा लुटेराहरूको समूह नेपाल प्रवेश गरेको थियो । ह तियारसहित लुटपाट गर्न नेपाल आएका उनीहरुको मध्यरातमा प्रहरी र स्थानीयसँग जम्काभेट भएको थियो ।
पुसे १५ मनाइरहेका बेला स्थानीय र प्रहरीसँग भेट भएपछि उनीहरु तितरबितर भए ।
यहि क्रममा सबै एक घर भित्र लुकेको अवस्थामा प्रहरीले एक लुटेरालाई पक्राउ गर्यो । ती लुटेराबाट प्रहरीले एक पेस्तोल र आठ राउन्ड गोलीसमेत बरामद गरिएको थियो ।
थप अनुसन्धानका केरकार गर्दा सोही व्यक्तिको बयानका आधारमा प्रहरी र स्थानीयको सक्रियता थप दुई जना पक्राउ परे ।
सबै भन्दा पहिले पक्राउ परेका लुटेराले आफ्ना केही साथी नजिकैको उखुबारीमा लुकेको प्रहरीलाई बयान दिएका थिए ।
सोही बयानको आधारमा प्रहरी र स्थानीय करिब ७ घण्टा उखुबारीमा सर्च गरे ।
राति १ः३० बजे देखी नजिकैको उखुबारीमा खोजतलास गर्दा बिहान करिब ७ः३० बजे थप २ जना लाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलौरीमा प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए । उनले अन्य पनि हुन सक्ने भन्दै खोजि भइरहेको बताए ।
सबै भन्दा पहिले पक्राउ गरेका लुटेराले उखुबारीको बारेमा बताएपछि केही बेरमै सयौँ युवाहरू उखुबारी घेरा हाल्न पुगेका थिए ।
नजिकै नेपाल भारत सीमा नाका भएपनि युवाहरूले घेरा हालेका कारण उनीहरु भारत जान सकेका थिएनन् । केही दिनदेखि श्रृंखालवद्ध रुपमा भइरहेको चोरीका कारण स्थानीय त्रसित भएका थिए ।