Ad
जनकपुरधाम ।
मधेस प्रदेशकी सांसद विमला अन्सारीले उर्दू भाषामा शपथ लिएकी छन् ।
सर्लाही घर भएकी विमला नेपाल संघीय समाजवादी पार्टीकी समानुपातिक सांसद हुन् ।
विमला संघीय समाजवादीकी एक्ली सांसद हुन् । उनी पार्टी अध्यक्ष एवं पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारीकी श्रीमतीसमेत हुन् ।
विमलाले उर्दू भाषामा शपथ लिने भनेर पहिल्यै प्रदेशसभा सचिवालयलाई जानकारी गराएकी थिइन् ।
शुक्रबार उनीसहित ४९ जना सांसदले मातृभाषामा शपथ लिएका छन् ।
Ad
ad
Ad
Ad