ad
जनकपुरधाम ।
मधेश प्रदेशको राजधानी क्षेत्रस्थित एक विद्यालयमा कक्षामा पढाउने शिक्षकले नै पोर्न भिडियो (गन्दा फिल्म) हेरेपछि अहिले स्कूलको अवस्था तनावग्रस्त बनेको छ ।
धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ४ कजरा रमौलस्थित रहेको मावि कजरा रमौलमा पढाउने शिक्षक विनोद यादवले कक्षामै कितामा मोबाईल राखेर पोर्न भिडियो हेरिरहेको अवस्थामा विद्यार्थीहरुले देखेपछि अहिले अवस्था तनावमय बनेको छ ।
शिक्षक यादवले कक्षा ८ का विद्यार्थीहरुलाई पढाउने बेलामा किताबमा मोबाईल राखेर पोर्न भिडियो हेरिरहेको भिडियो प्राप्त भएको छ ।
सोही स्कूलका विद्यार्थीहरुले शिक्षक यादवको चर्तिकला फोनमा रेकर्ड गरेको हो । शिक्षक यादवले पोर्न फिल्म हेरिरहेकै अवस्थामा एक विद्यार्थीले भिडियो बनाईदिएर सार्वजनिक गरिदिएको छ ।
कक्षा १२ सम्म सँचालनमा रहेको सो विद्यालयको ८ कक्षाका विद्यार्थीहरुलाई पढाउने बेलामा विगत कैयौँ दिनदेखि शिक्षक विनोद यादवले यस्तै हर्कत गर्दै आएकोमा विद्यार्थीहरुले शंका जनाएका थिए ।
शंकाको आधारमा विद्यार्थीहरु हेर्न गएपछि उनीहरुलाई समेत त्यही बसाएर पोर्न फिल्मसँगै हेरिरहन्थे ।
बालकहरुलाई समेत शिक्षक यादवले पोर्न फिल्म देखाउन थालेको खवर पाएपछि एक विद्यार्थीले शिक्षक यादवको हर्कत मोबाईलमा रेकर्ड गर्ने निधो गरे । उनले भिडियो रेकर्ड गरेर अभिभावकलाई भनेपछि यसप्रति अभिभावकहरुले चासो लिएको थियो ।
सोही क्रममा सो विद्यालयका हेडमास्टर रामजीवन दाहा र शिक्षक विनोद यादवलाई ईलाका प्रहरी कार्यालय धनुषाधामले पक्राउ गरेको थियो । तर, प्रहरीले उनीहरुलाई छाडेपछि विद्यालयको अवस्था झन तनावग्रस्त बनेको हो ।
अभिभावक र विद्यार्थीहरुले हेडमास्टरको कुनै दोष नरहेको र उनलाई छाडिएपनि शिक्षक विनोद यादवलाई छाडेपछि अवस्था तनावमय बनेको छ ।
यस सन्दर्भमा ईलाका प्रहरी कार्यालय धनुषाधामले निवेदन आए सोही आधारमा प्रक्रिया अगाडी बढाउने बताउँदै अहिलेसम्म कुनै निवेदन नआएको बताए ।
विद्यार्थीहरु अहिले विद्यालयमा हँगामा मच्चाएको छ । उनीहरुले शिक्षक यादवको कारवाहीको माग गर्दै अवस्था तनावमय बनाएको छ । सभार : न्यूज ब्यूरो