ad
जनकपुर —
सन्धीखर्क बसपार्कस्थित होटलहरूमा गएर आफूलाई प्रहरी भएको भन्दै धम्क्याउने दुई जना युवालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
भुमिकास्थान नगरपालिका-६ खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका- ५ बाँगीका २० वर्षीय दीपक केसीलाई प्रहरीले पक्राउ गरेको हो ।
पौडेल मंसिर ४ को निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना भएका थिए ।
बसपार्कका होटलमा जिल्ला प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको भन्दै होटलमा पाहुना बसेका कति छन् भन्दै धम्क्याउने गरेकोले पक्राउ गरिएको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।
उनीहरूलाई ५ दिनको म्याद थपेर राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।
दुवै जनाले मदिरा सेवन गरी होटलवालालाई अभद्र व्यवहार गरेको भन्दै प्रहरीकहाँ उजुरी परेको थियो ।
Ad
Ad
Ad
