.
जनकपुर —
भारतको ओडिसाका स्वास्थ्यमन्त्री नवकिशोर दासलाई प्रहरीका असिस्टेन्ट सबइन्स्पेक्टरले गो-ली हा-नी हत्या गरेका छन् ।
सार्वजनिक कार्यक्रममा भाग लिन झारसुगुडा जिल्ला पुगेका मन्त्री दासलाई गाडीबाट ओर्लिने क्रममा सबइन्स्पेक्टर गोपाल दासले छातीमा गो-ली हा-नेका थिए ।
.
उपचारका लागि अस्पताल पुर्याए पनि उनी बाँच्न सकेनन् । गो-ली हान्ने प्रहरी पक्राउ परेका छन् । उनीसँग सोधपुछ जारी रहे पनि घटनाको कारण बाहिर आइसकेको छैन ।
प्रधानमन्त्री नरेन्द्र मोदी र ओडिसाका मुख्यमन्त्री नवीन पटनायकसहितका नेताहरूले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
.
.
.
.