ad
जनकपुर :
मंसिर ४ गते सम्मपन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको अन्तिम परिणाम आएको छ।
निर्वाचन आयोगले समानुपातिकतर्फ १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको जानकारी दिएको छ।
आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले समानुपातिकतर्फको मतगणना सकिएको जानकारी दिए। उनले वेवसाइटमा उल्लेखित अंक नै अन्तिम भएको बताए।
आयोगको वेवसाइटमा उल्लेखित अंकअनुसार सबैभन्दा लोकप्रिय पार्टी नेकपा एमाले बनेको छ।
उसले २८ लाख ४५ हजार ६४१ मत प्राप्त गरेको छ। त्यस्तै दोस्रोमा नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५, तेस्रोमा माओवादीले ११ लाख ७५ हजार ६८४, चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४, पाँचौंमा राष्ट्रिय प्रजातान्त्र पार्टीले ५ लाख ८८ हजार ८४९, छैटौंमा जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ३१३ र सातौंमा जनमत पार्टीले ३ लाख ९४ हजार ६५५ मत ल्याएको छ।
प्रवक्ता पौडेलले ३ प्रतिशत थ्रेसहोल्ड कटाएर सात वटाल राष्ट्रिय पार्टी बनेको बताए।
माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी भने राष्ट्रिय दल बन्न सकेन। उसले २ लाख ९८ हजार ३९१ मतमात्र प्राप्त गर्यो।
त्यस्तै प्रदेशसभातर्फ मधेसबाहेक सबै प्रदेशमा एमाले नै लोकप्रिय मत पाएको छ। मधेसमा भने नेपाली कांग्रेस अग्रस्थानमा रहन सफल भएको छ।
Ad
Ad