जनकपुरधाम ।
रामजानकी विवाह महोत्सव (विवापहँचमी) मा छिमेकी मुलुक भारतबाट आउने दर्शालुहरुको लागि रेल सेवा थप्ने भएको छ ।
नेपाल रेल्वे कम्पनी लिमिटेडले एक सूचना जारी गर्दै आईतबार मँसिर ११ गतेदेखि १३ गतेसम्म दैनिक तीन समय रेल सेवा सँचालन हुने भएको छ ।
विवाहपँचमी महोत्सवलाई ध्यानमा राखी यात्री आसोरपोसारको लागि कुर्थाबाट जयनगर र जयनगरबाट कुर्थासम्म दैनिक तीन समय रेल सेवा सँचालन हुने भएको छ ।
जयनगरबाट कुर्था तथा जनकपुरका लागि विहान ८ः३० बजे (जयनगर–कुर्था), दिउँसो १२ः३० बजे (जयनगर–जनकपुर) र दिउँसो ३ः०० बजे (जयनगर–कुर्था) रेल सँचालन हुने भएको छ ।
यस्तै, कुर्था तथा जनकपुरबाट जयनगरका लागि विहान १०ः४५ बजे (कुर्था–जयनगर), दिउँसो १ः४० बजे (जनकपुर–जयनगर) र दिउँसो ५ः१५ बजे (कुर्था–जयनगर) रेल सेवा सँचालन हुने भएको छ ।
विवाहपँचमीको अवसरमा भारतबाट हजारौँको सँख्यामा दर्शालुहरु विवाहपँचमी मेला भर्नको लागि जनकपुरधाम आउने गरेको छ ।
यसपाली सतपालजी महाराज समेत जन्ती लिएर जनकपुर आउने भएपछि श्रद्धालुहरुको भीड अधिक बढने अनुमान गरिएको छ ।
Ad
Ad
Ad
Ad
Ad