ad
जनकपुरधाम ।
धनुषा निर्वाचन क्षेत्र नम्बर–१ मा पाँचदलीय गठबन्धनका साझा उमेदवार एवं नेकपा (माओवादी केन्द्र)का नेता मात्रिकाप्रसाद यादव तिन हजार ६१४ मतान्तरले पछाडि परेका छन् ।
यहाँ जनता समाजवादी पार्टी (जसपा)का उमेदवार दीपक कार्की अगाडि छन् ।
पछिल्लो मतपरिणामानुसार कार्कीले १२१२२ मत ल्याएका छन् । यादवले ८५०८ मत पाएका छन् ।
यस्तै, जनमत पार्टीका किशोरी साहले ५७१३ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार मनोज मल्लले ४१४५ मत ल्याएका छन् ।
०७४ मा वाम गठबन्धन हुँदा मात्रिका सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
Ad
Ad
Ad
Ad
Ad