जनकपुरधाम ।
धनुषामा प्रहरीको रोहबरमा प्रतिबन्धीत ओरकेष्ट्रा (केटी नाच) नचाइएको छ ।
धनौजी गाउँपालिका वडा नम्बर ४ भररिया (अडाटोल ) रहेका प्रहरी चौकी अगाडि ओरकेष्ट्रा नचाइएको छ।धनुषामा प्रतिवन्ध रहेको केटी नाच अर्थात ओरकेष्ट्रामा अश्लिल गीतहरुमा नाच्दै गरेको देखिए ।
भररिया प्रहरी चौकीका असई एवम् ईन्चार्ज राम लक्षण यादवले आफैँ रोहबरमा बसेर धनुषा प्रशासनले प्रतिबन्ध गरेको ओरकेष्ट्रा नचाएका छन् ।
प्रहरीले हुने अश्लिल ओरकेष्ट्रा नियन्त्रण भन्दा पनि नचाउनको लागि आफैँ उपस्थित भएर हेर्न थालेपछि प्रहरीमाथिको विश्वास समेत गुमेको छ । प्रहरी ईन्चार्ज आफैँ बसेर ओरकेष्ट्रामा सरिक भए ।
ओरकेष्ट्रामा चलाएको अति अश्लिल मानिएको “। यस्ता कार्यक्रम धनुषा प्रशासनले प्रतिबन्ध लगाएको छ भने गुनासोको आधारमा नियन्त्रणको प्रयास जारी छ।सो क्रममा प्रहरी चौकी भररियाका असई राम लक्षण यादवले भने कार्यक्रम भएको स्वीकारे ।
उनले सो ठाउँमा धार्मिक कार्यक्रम मात्र भएको प्रतिक्रिया दिए ।
ad
Ad
Ad
Ad
Ad