जनकपुरधाम ।
पटक–पटक धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट संघीय साँसद बनेका माओवादी केन्द्रका मातृका प्रसाद यादवको मत हालात गम्भिर भएको छ ।
धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा मातृका प्रसाद यादवको मतले माआवादीको हालात गम्भिर भएको सन्देश दिएको छ ।
पाँच दलिय गठबन्धनबाट उम्मेदवारी दिएका मातृका प्रसाद यादवले काँग्रेस, समाजवादीको भरमा मत ल्याएको देखिएको छ ।
विहान ७ बजेसम्मको मतपरिणाम अनुसार जनता समाजवादी पार्टी (जसपा) का दिपक कार्कीले २५०० अधिक मतले अग्रता कायम राखेका छन् ।
बुधबारदेखि दोस्रो स्थानमा आएका माओवादीका मातृका प्रसाद यादवलाई गठबन्धनको भोँटले दोस्रो स्थानमा राखेको हो ।
धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा काँग्रेसको सँगठनले माओवादीका मातृकालाई सघाएपनि उनी दोस्रो स्थानमा रहेका छन् । ताजा मतपरिणाम अनुसार जसपाका दिपक कार्कीले फराकिलो मतान्तरले अग्रता लिएका छन् ।
सो क्षेत्रमा दिपक कार्कीभन्दा मातृका प्रसाद यादवलाई विश्वास गर्न छाडेको टिप्पणी गरिएको छ । विकल्पको रुपमा छवी बनाएका जसपाका दिपक कार्की सो क्षेत्रका जनताले चुन्ने सम्भावना देखिएको छ ।
यता, सो क्षेत्रमा मातृका प्रसाद यादवलाई नेपाली काँग्रेसले बायकट्ट नै गरेको बताइएको छ । केन्द्रमा गठबन्धन गरिएपनि काँग्रेसका नेता कार्यकर्ताले मातृकालाई भोँट भने नदिने जवाफ चुनाव अघि नै फर्काएका थिए ।
माओवादी द्धन्द्धकालमा मातृका प्रसाद यादवबाट आजित भएका काँग्रेसका नेता कार्यकर्ताले उनलाई गठबन्धनको बाबजुद पनि नसघाएको टिप्पणी गरिएको छ । काँग्रेसीहरुले गठबन्धन अनुसार मत दिएको पनि दाबी गरिएको छ ।
Ad
Ad
Ad
Ad
Ad