जनकपुर ।
धनुषा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका उम्मेदवार दीपक कार्कीले अग्रता लिएका छन् । माओवादी केन्द्रका मातृका यादव तेस्रो स्थानमा छन् ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत धनुषा क्षेत्र नं १ मा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार दीपक कार्की ४६०२ मत ल्याई अग्रस्थानमा छन् ।
निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मनोज मल्ल ठकुरी ३८१२ मतका साथ दोस्रो स्थानमा छन् । माओवादी केन्द्रका सचिव मातृका यादवले ३२२८ मत ल्याएका छन् ।
जनमत पार्टीबाट किशोरी साहले २५८६ मत ल्याएका छन् । धनुषा–१ नम्बरमा मातृका यादव सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका छन् भने दीपक कार्की जसपा–एमाले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका छन् ।
२०७४ को चुनावमा पनि उनी दुई जनाको बीचमा प्रतिस्पर्धा थियो । तर मातृका यादवले बाजी मारेका थिए ।
त्यस्तै, सोही क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट लक्ष्मण महतो सुडी, नेपाल सद्भावना पार्टीबाट राजदेव महतो, सामाजिक एकता पार्टीबाट केशर मुखिया र राष्ट्रिय स्वतन्त्र पार्टीबाट धर्मेन्द्रकुमार रायले उम्मेदवारी दिएका छन् ।
Ad
Ad
Ad
Ad
Ad