जनकपुर :
दिल्ली एनसीआर र आसपासका क्षेत्रमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ । एक साताभित्र सो क्षेत्रमा महसुस भएको भूकम्पको यो दोस्रो धक्का हो ।
उक्त भूकम्प झण्डै ५० सेकेन्डसम्म लगातार महसुस गरिएको थियो ।
भूकम्पको केन्द्रविन्दु उत्तराखण्डको जोशीमठदेखि २१२ किलोमिटर टाढा अर्थात नेपालको बझाङको खप्तड छान्ना गाउँपालिकाको पाटादेवलमा पृथ्वीको १० किमी भित्र थियो। यो भूकम्प ५.४ म्याग्निच्युडको थियो।
शनिबार राती उक्त भूकम्प आएपछि नेपालका पश्चिम क्षेत्रका जनता त्रशित भएका छन्। गत मंगलबार राति गएको भूकम्पका कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका नेपालको गैरागाउँमा अहिले गएको भूकम्पले फेरि दुईवटा घर भत्किएको बताइएको छ।
अहिलेको भूकम्पका कारण सायल गाउँपालिकामा दुईवटा, पूर्विचौकी गाउँपालिकाको पोखरीमा समेत तीन वटा घरहरू भत्किएका छन्।
ad
Ad
Ad
Ad