ad
जनकपुर ।
सामाजिक सञ्जालमा भाट–भटेनी सुपर मार्केटको नक्कली अकाउन्ट बनाएर ठग्ने प्रयास गरिएको छ ।
भाट भटेनीको नयाँ शाखा खोल्दा ५ हजारसम्म नगद पाउने भन्दै ठगी गर्ने समूहले प्रश्नोत्तर भर्न आग्रह गरेको सन्देश सामाजिक सञ्जालमा भाइरल छ ।
त्यस्ता मेसेज ‘झुटो हो, सचेत हुनुस्’ भनेर सो सुपरमार्केटले आफ्नो आधिकारिक वेभसाइटबाट सन्देश जारी गरेको छ ।
नक्कली आईडी बनाएर ठग्ने प्रयास भएको र त्यसबारे अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरिएको भाटभटेनी सुपर मार्केटका मेनेजर पानु पौडेलले बताए ।
उनले भने– ‘त्यसबारे अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयलाई अनुरोध गरेका छौं ।’
ठग्ने गिरोहले फिसिङ गरेर सेवाग्राहीको बैंक खातासम्म पहुँच बनाउन त्यस्तो सन्देश फैलाएको हुनसक्ने अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई जानकारी दिए ।
Ad
Ad
Ad
Ad