Ad
जनकपुरधाम ।
मधेस प्रदेशका पूर्व मुख्यन्यायाधिवक्ता दिपेन्द्र झालाई जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश सभा सदस्यका लागि टिकट दिएको छ ।
महोत्तरी क्षेत्र नम्वर ३ बाट चुनाव लड्ने घोषणाका साथ झाले जसपामा प्रवेश गरेका थिए ।
तर उनलाई जसपाले महोत्तरी क्षेत्र ३ ‘क’बाट टिकट दिएको हो ।
महोत्तरी प्रतिनिधिसभा क्षेत्र नम्वर ३ बाट जसपाले पूर्वमन्त्री हरिनारायण यादवलाई टिकट दिएको छ ।
सत्ता गठबन्धनबाट लोसपा अध्यक्ष महन्थ ठाकुरलाई सो क्षेत्रमा उम्मेदवार बनाएको बुझिएको छ ।
Ad
Ad
Ad
Ad