जनकपुर –
धनुषाको बिदेह नगरपालिका–१ महिनाथपुरबाट सशस्त्र प्रहरी वलको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ।
भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश २ -०२-००३ प ८३०८ नम्बरको डिस्कभर मो.सा.लाई शंका लागी चेकजाच गर्दा लागु औषध सहित दुवैलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका.-५ गोदार बस्ने बर्ष १८ को सन्तोष यादव (मो.सा.चालक) सोही नगरपालिका -५ गोदार बस्ने बर्ष २१ को महबुद खान रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनाको साथबाट सशस्त्र प्रहरीले सेतो बोराको झोलामाभित्र राखेको अवस्थामा) NITRAZEPAM TABLETS IP (NITRAVAT-10)२० पत्ता (प्रति पत्ता ३० वटाका दरले ६०० वटा ट्याब्लेट), NITROSUNT-10५पत्ता (प्रति पत्ता १० वटाका दरले ५० वटा ट्याब्लेट), SPASMO-PROXYVON PLUS १२ पत्ता (प्रति पत्ता २४ वटाका दरले २८८ वटा क्याप्सुल) र Exiplon 100 ml.१९ बोत्तल(प्रति बोतल 100 ml. का दरले 1900 ml.) बरामद गरेको बि.ओ.पि.महिनाथपुरले मधेश24 लाई जनाएको छ ।
पक्राउ गरिएका दुवै जनामाथि कानूनबमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ad
Ad
Ad
Ad
Ad