Ad
जनकपुरधाम ।
भारतको अयोध्याबाट सुरु भएको ‘रामराज्य रथ यात्रा’ आज जनकपुरधाम आउने भएको छ ।
अक्टुबर ५ तारिखमा अयोध्याबाट ‘रामराज्य रथ यात्रा’ सुरु भएको थियो ।
श्री शक्ति शान्तानन्द महर्षीको नेतृत्वमा सुरु भएको उक्त यात्रा गोरखपुर, गोरखगञ्ज र सितामढी हुँदै आज जनकपुरधाम आउन लागेको हो ।
दिउँसो ३ बजे जनकपुरधाम आउन लागेको ‘रामराज्य रथ यात्रा’मा सहभागीलाई मेयर मनोज साहले भव्य स्वागत गर्ने तयारी गरेका छन् । उनले यात्रामा सहभागीको स्वागतका लागि नगरबासीसँग अनुरोध समेत गरेका हुन् ।
उक्त यात्रामा ४० जना साधुसन्त तथा महन्थ सहभागी छन् । जनकपुरबाट यात्रा काठमाडौं समेत पुग्नेछ ।
त्यसपछि पोखरा, बुटबल, नेपालगञ्ज र टिकापुर हुँदै पुनः भारत पस्नेछ । भारतको विभिन्न राज्यको यात्रा पश्चात पुनः अयोध्या पुगेर समापन हुनेछ ।
६० दिनसम्म अर्थात् ३ दिसम्बरसम्म चल्ने उक्त यात्राले २७ राज्यका १५ हजार किलोमिटर दुरी तय गर्ने बताइएको छ । रामराज्यका स्थापना गर्नु यात्राको मुख्य उदेश्य रहेको छ ।
Ad
Ad