जनकपुर ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएपछिको पहिलो पटक आफ्नो गृह नगरमा पुगेकी संघिय मन्त्री अनिता साहले समग्र बिकासको लागि आफू राजनितिमा होमिएकी बताएकी छिन।
प्रतिनिधि सभाको निर्वाचनबाट समानुपातिक सांसद बनेकी मन्त्री साह संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको जिम्मेवारी पाएपछि पहिलोपटक शनिबार आफ्नो गृह नगर पुग्दा सबैला नगर १ का वडा अध्यक्ष मिथिला शाह ज्युको अध्यक्षतामा स्वागत सम्मान तथा भेट घाट कार्यक्रम हार्दिकता पुर्वक सम्पन्न गरिएको छ।

सवैला नगरपालिकाको वडा १ को आयोजनामा सामान्य भेटघाट तथा बधाइ ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले आर्थिक रुपले भरिपुर्ण भएपनी कत्तै न कत्तै समग्र बिकास निर्माणको परिपुर्ति गर्न राजनिती आवश्यक रहेको बताएकी छिन।
मन्त्रालय पाएको ६ महिनाको अवधिमा आफुले सकेसम्म काम गरेको तथा बिकासको अभिभारामा सवैको लगानी रहनुपर्ने भएकोले अगामी दिनमा समेत आफुले संघ सरकारद्वारा पुर्ण सहयोग गरिने समेत बताएकी छिन।
वडाअध्यक्ष मिथिला साहको अगुवाइमा भएको उक्त कार्यक्रममा मन्त्री साहले श्री मदन आधारभूत बिधालयको लागि प्रदेश सरकारद्वार एक योजना ल्याइदिएको बताए ।

शनिबार गृह नगर आएकी मन्त्री साहलाइ सवैला नगरपालिकाका नगर प्रमुख कारिराम यादव , विभिन्न वडाका वडाध्यक्ष लगायत स्थानियले फुल माला ,अबिर र खादाले भब्य स्वागत गरेका थिए भने मौसमको प्रभावका कारण मन्त्री साहले सानो समयमै वर बुजुर्गबाट आशिर्वाद ग्रहण गर्दै फर्किएकी थिइन।