जनकपुर ।
लखनउको इटौन्जादेखि कुम्हरावान तर्फ जाँदै गरेको ट्रयाक्टर पल्टिँदा १० जनाको मृत्यु भएको छ । उक्त ट्र्याक्टरमा ४६ जना सवार थिए ।
ट्रली पल्टिएर पोखरीमा खस्दा सो दुर्घटना भएको बताइएको छ ।
घाइतेहरुलाई इटौन्जा सीएचसीमा भर्ना गरिएको छ ।
लखनउ रेन्जका आईजी लक्ष्मी सिंहले बताएअनुसार ट्रयाक्टरको ट्रली असन्तुलन भएर इटौन्जाको पोखरीमा पल्टिएको थियो।
एसडीआरएफको टोली घटनास्थलमा पुगेर ३७ जनाको उद्धार गरिसकेको छ ।
ad
Ad
Ad
Ad
Ad