जनकपुर ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकै आउंनै लाग्दा मधेशवादी दलका नेताहरु भटाभट नेकपा (एमाले)मा प्रवेश गरिरहेका छन् ।
कुनै समय मधेशबादी दलका आँखाको कसिङ्गर बनेका अध्यक्ष ओली अहिले भने तिनै ओलीले नेतृत्व गरिरहेको पार्टी नेकपा (एमाले)को मधेशमा लोकप्रियता बढिरहेको छ ।
मंसिर–४ को निर्वाचनमा पाँच दलिय गठबन्धनलाई पराजित गराउने तामझाममा लागेका ओली पछिल्लो समय पार्टी प्रवेश गराउनकै लागि लगभग हप्तैपिच्छे मधेश झरिरहेका छन् ।
उनले काठमाण्डौंमा समेत मधेशवादी दलका नेताहरुलाई पार्टी प्रवेश गराइरहेका छन् । अध्यक्ष ओलीले पछिल्लो समय मधेशवादी दलका पांच जना सांसदहरुलाई एमालेमा भित्र्याइसकेका छन् ।
एमाले धनुषाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अन्जु कुमारी यादव र रुही नाज प्रवेश गरिसकेकी छन् । नाज प्रतिनिधिसभा सदस्य हुन् भने यादव प्रदेशसभा सदस्य हुन् ।
पर्साबाट निर्वाचित प्रदेशसभाका अर्का सदस्य प्रल्हाद गिरी समेत एमालेमा प्रवेश गरिसकेका छन् । पूर्वमन्त्री समेत रहेका लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरियाले समेत एमाले प्रवेश गर्ने घोषणा गरिसकेका छन् ।
उनलाई एमालेमा प्रवेश गराउन एमाले अध्यक्ष ओली जनकपुर जाने कार्यक्रम छ । पर्साका अर्का सांसद विमल श्रीवास्तव समेत एमाले प्रवेश गर्ने तयारीमा रहेको एमाले निकटस्थ नेताहरु बताउँछन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको आयु सकिन एक दिनअघि उपेन्द्र यादव नेतृत्वको जसपाकी सांसद रीना यादव एमाले प्रवेश गरेकी छन् । उनि जसपाको केन्द्रीय सदस्य समेत हुन् । उनलाई एमाले अध्यक्षले एमालेमा स्वागत गरेका थिए ।
ad
Ad