जनकपुर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार (आज) सिरहा जाने भएका छन् । विभिन्न पार्टीका हजारौं कार्यकर्तालाई एमालेमा भित्र्याउन अध्यक्ष ओली सिरहा जान लागेका हुन् ।
एमाले सिरहाले गोलबजार नगरपालिकामा पर्ने चोहर्वास्थित नमूना जनता मावि प्राङ्गनमा जनसभा तथा पार्टी प्रवेश कार्यक्रम राखेको छ ।
एमाले अध्यक्ष केपी ओलीले आफ्नो दल कमजोर नभएको दाबी गरेका छन ।
स्थायी समिति बैठकमा उनले मधेसमा पार्टीले जित्ने सम्भावना रहेको उनले बताए । मधेसमा एमालेले आन्तरिक कारणले हार व्यहोर्नुपरेको उनको भनाइ थियो ।
‘मधेसका हरेक क्षेत्रमा एमालेले जित्ने सम्भावना छ’, ओलीले भने, ‘हामी एक जुट भयौं भने तराई–मधेसमा एउटा क्षेत्र पनि हामी नजित्ने र नजित्नुपर्ने खालका छैनन् ।’
अघिल्लो निर्वाचनमा मधेसमा एमालेविरोधी अभियान चलाइएको भन्दै उनले अहिले परिस्थिति फेरिएको दाबी गरे ।
ओलीले एमालेविरुद्ध पहाडमा जनजाति र दलित तथा मधेसमा थारु, मधेसी र मुस्लिमविरोधी भएको भ्रम छरिएको बताए ।
एमाले मधेस, जनजाति र दलितमैत्री पार्टी भएको दाबी उनले गरे । ओलीले मधेसको बोलीचाली ‘रफ’ भएको टिप्पणी गरे ।
‘तराई मधेसतिर के देख्छु भने बोलीचाली रफ गर्ने, अलिक भद्दा खालको बोल्ने, हप्काउने धप्काउने काम गर्ने गर्छ’, उनले भने, ‘एमालेको शैली त्यस्तो हुँदैन । एमालेले नम्र व्यवहार गर्छ । पार्टीको नीतिलाई सबै कार्यकर्ताले मान्नुपर्छ ।’
ad
Ad
