जनकपुरधाम ।
नेकपा (एमाले)का सचिव नेता रघुवीर महासेठले एक हातमा सिन्दुर अर्को हाथमा नागरिकता दिन सम्भव नभएको बताएका छन् ।
सोमबार जनकपुरधामको आमसभालाई सम्बोधन गर्दै उनले नागरिकता विधेयकबारे विभिन्न भ्रम फैलाइएको बताए ।
नागरिकता नेपालीले पाउनुपर्नेमा एमालेले सकारात्मक रहेको उने बताए । यद्यपि केही बुँदा संशोधन गर्नुपर्ने उनको भनाइ छ ।
"महन्थ ठाकुर पाँच वर्ष नागरिकताको कुरा बिर्सिन्छ । तर चुनावमा गलत प्रचार गर्छ । नेकपा एमालेले नागरिकता दिँदैन," उनले भने,"अब जनता जागरुक हुनुपर्छ । सचेत हुनुपर्छ ।"
मधेस प्रदेशमा ०७४ मा एमाले पाँचौँ स्थान भएको भन्दै उनले अब एक नम्बर पुग्ने विश्वास गरे । एमालेले मधेसमा अब १० वटा सिटमा जित्ने उनको दाबी छ ।
ad
Ad
Ad
Ad
Ad