जनकपुर -
मंसिर ४ गते हुने निर्वाचनमा युवा नेता दरेश यादवलाई महोत्तरी क्षेत्र नम्वर ४ (क) बाट प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष तर्फ उम्मेदवारको रुपमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सिफारिस गरिएको छ ।
लोसपाको तर्फबाट प्रदेशसभा सदस्यमा दरेश यादव सहित कुशेश्वर प्रसाद यादव, ज्ञानेन्द्र झा, रंजित सिह कुशवाहा, लालबाबु साह र संजय कुमार चौधरीको नाम समेत सिफारिस गरिएको पार्टीका लोसपाका क्षेत्र नं ४ का अध्यक्ष बिनोद गामीले जानकारी दिए ।
युवा नेता दरेश यादवले आफूले टिकट पाएर चुनाव जित्न पाए बृहत विकासको लागि एउटा रोड म्याप तयार गरि समाज सेवा मै आफनो समय ब्यतित गर्ने योजना रहेको बताए।
मधेस आन्दोलन र अन्य आन्दोलनबाट शहादत प्राप्त बीर शहिदहरुको सपना पुरा गर्ने समय आई सकेकोले चुनाव जितेपछि भ्रष्टाचार विरुद्ध लडेर सुशासन कायम गराउने तर्फ आफू अग्रसर हुने बताए ।
यस भन्दा अगाडी यादवले आफ्नो औरही नगरपालिकामा आफ्नो नेतृत्वमा भ्रष्टाचार विरुद्ध आवाज उठाएर यस पटक लोसपाको नेतृत्वमा स्थानीय सरकार गठन गर्न सफल भएका छन् ।
उनले संचारकर्मी संग कुराकानी गर्दै भने “जनताले एकपटक मौका दिए विकास गरेर परिवर्तन भएको जनतालाई महसुस गराउने छु ।”
ad
Ad
Ad
Ad
Ad