जनकपुर ।
सिन्धुलीमा बिहिबार (आज) हायस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जना गम्भीर घाइते भएका छन् ।
बिहीबार बिहान करिब १० बजे सुनकोशी गाउँपालिका ३ बोहोरेटार, सिन्धुलीस्थित विपी राजमार्गमा सिन्धुलीबाट काठमाडौँतर्फ जादैँै गरेको बा ४ ख २२६६ नम्बरको हायस र काठमाडौँबाट सिरहातर्फ आउदैँ गरेको बा ८० प ८६५ नम्बरको मोटरसाइकल दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी नायव निरिक्षक जेजंग कार्कीले जानकारी दिनुभयो ।
दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार सर्लाही रामनगर गाउँपालिकाका २१ वर्षिया युवा गम्भिर घाइते भएको कार्कीले बताउनुभयो ।
मोटरसाइकल चालक नागेश्वर महत्तो भने सामान्य घाइते भएका छन् । त्यस्तै, हायसमा सवार हरिपुर गाउँपालिकाको ६० वर्षको रोहित बहादुर लो सामान्य घाइते भएको कार्कीले बताउनुभयो ।
गम्भिर घाइते युवालाई धुलिखेल अस्पताल लगिएको छ । गाडी र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको कार्कीले जानकारी दिनुभयो ।
ad
Ad
Ad
Ad
Ad
Ad