जनकपुरधाम ।
मधेस प्रदेशको राजधानी जनकपुरधामसमेत पर्ने धनुषा क्षेत्र नम्बर ३ मा हेभिवेट मानिने राजेन्द्र महतो र जुली महतो आमुन्नेसामुन्ने हुने निश्चित भएको छ ।
७४ मा धनुषा ३ मा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट राजेन्द्र महतो विजयी भएका थिए ।
अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता रहेका महतोलाई सिफारिस गरिएको छ । लोसपा क्षेत्रीय समितिले उनको एकल नाम सिफारिस गरेको जिल्ला अध्यक्ष परमेश्वर साहले जानकारी दिए ।
७४ को निर्वाचनमा निकटम प्रतिद्वन्दी कांग्रेस नेता विमलेन्द्र निधी प्रत्यक्षमा नलड्ने भएपछि महतो उत्साहित छन् । तर, उनलाई टक्कर दिन नेकपा एमालेबाट जुली महतो रेसमा छिन् ।
जुली एमालेको प्रभावशाली नेतृ मानिन्छन् । उनी एमालेका केन्द्रीय सचिव र प्रदेश अध्यक्ष रघुवीर महासेठकी श्रीमती हुन् ।
एकल नाम उम्मेदवारका लागि सिफारिस भएपछि जुली केही दिनदेखि जनकपुरमा बसेर चुनावी तयारीमा लागिसकेकी छन् ।
सत्ता गठबन्धनमा भने यो क्षेत्र कसले पाउँने निश्चित भइसकेको छैन । कांग्रेसले पाए परमेश्वर महासेठलाई उम्मेदवार बनाउने चर्चा चलेको छ ।
निधीका विश्वासपात्र परमेश्वरलाई कांग्रेसले सिफारिस गरिसकेको छ ।
व्यवसायीसमेत रहेका महासेठलाई निधीले आर्थिक प्रलोभनमा परेर उम्मेदवार सिफारिस गर्न लगाएको भन्दै कांग्रेसभित्रै विवाद चर्केको छ ।
Ad
Ad
Ad