ad
जनकपुर :
धनुषाको सबैला नगरपालिका-९, भठियनमा बुधबार टेम्पो अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ।
भठियनबाट दुई जना विद्यार्थीहरू बोकी खरियानी तर्फ जाँदै गरेको ज १ ह ३०७३ नम्बरको टेम्पो बुधबार बिहान ११ बजे दुर्घटना भएको हो।
दुर्घटनामा टेम्पो चालक सबैला नगरपालिका-१०, खरियानीका ४४ वर्षीय रामसेवक पण्डित, अटोमा सवार धनुषाकै शहिदनगर नगरपालिका १ का शंतोष यादवकी ५ वर्षीया छोरी अंसु कुमारी यादव र सोही नगरपालिका-१ का दिलिप यादवका ९ वर्षीय छोरा कृष्णा यादव घाइते भएका थिए।
घाइते तीनै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने क्रममा चालक पण्डितको भने बाटामै नै मृत्यु भएको हो।
घाइते दुई बालबालिकाको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ।
Ad
Ad
Ad
Ad