एजेन्सी । सोमबार इन्डिगोको एउटा जहाज राँचीमा आपत्कालीन अवतरण गरिएको छ।
अधिकारीहरूले सोमबार (जुन २, २०२५) राँची जाँदै गरेको इन्डिगोको उडान ४००० फिट उचाइमा उडिरहेका बेला गिद्ध ठोकिएपछि आपत्कालीन अवतरण गर्नुपरेको बताएक छन्।
गिद्ध ठोकिँदा विमानमा सामान्य क्षति पुगे पनि कुनै अप्रिय घटना हुन पाएन।
राँची विमानस्थलका अधिकारीहरूले समाचार एजेन्सी पीटीआईलाई बताएअनुसार घटनाका बेला इन्डिगोको विमानमा १७५ यात्रु सवार थिए।
विमानको आपत्कालीन अवतरणपछि सबै यात्रुलाई सुरक्षित रूपमा ओरालिएको छ। कुनै पनि यात्रुलाई केही भएको छैन।
