जनकपुरधाम । सबैला मुस्लिम समाजले १०४ अग्निपिडित परिवारलाई खाद्यान्न सामग्री र रुपैयाँ सहयोग गरेका छन् ।
बिहीबार महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलका गत बुधबार भएको आगलागीबाट पीडित भएका १ सय ४ जनालाई सबैला मुस्लिम समाजले १२ किलोको खाद्यान्न सामग्रीको प्याकेज र २५० रुपैयाँ वितरण गरेको हो।
सबैला नगरपालिका १,२ र ३ का मुस्लिम समाजले अग्निपिडितहरुको लागि चामल ७:५ किलो, खाने तेल १ किलो,आलु २ किलो,प्याज १ किलो, नुन १ किलोगरि जम्मा १२ किलोको प्याकेज बनाएर खाद्यान्न सामग्री वितरण गरेको सबैला नगर ३ का बडाअध्यक्ष ताहिर मियाले बताए।
उनका अनुसार मटिहानी नगरपालिकाले उपलब्ध गराएको नामावली अनुसार खाद्यान्न सामग्री वितरण गरेको छ।
हाम्रो सबैला मुस्लिम समाजले विपन्न ,गरिब ,दलित ,अशक्त भएका व्यक्तिहरुलाई सहयोग गर्दै आइरहेको बताए ।
